काठमाडौं – रास्वपाका सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई वटा गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन् । उनले गभर्नर नियुक्तीमा दुई दलबीच लडाईं चलेको उल्लेख गर्दै दुई वटा गभर्नर बनाउन सुझाव दिएका हुन् ।

उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस भन्छु । चल्या छ लडाईं, दुई वटा गभर्नर बनाउनुस न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को कामपनि गर्नुहोस यो ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस ।’

advertisement

अबको ३१ महिनापछि आम नागरिकले नसहने उनको भनाई छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले अहिले नेपालमा दलीयकरणको अभ्यास भएकोमा निन्दा व्यक्त गरे ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com