काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईफोन उत्पादनका लागि भारतको सट्टा अमेरिका रोजिनुपर्ने बताएका छन्। तीन दिने मध्यपूर्व भ्रमणका क्रममा कतारको राजधानी दोहामा रहेका ट्रम्पले भारतमा आईफोन उत्पादन नगर्न आग्रह गर्दै उक्त विचार सार्वजनिक रूपमा व्यक्त गरेका हुन्।

ट्रम्पले एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकसँगको कुराकानी उल्लेख गर्दै भने, “मैले टिमसँग भनें — हामीले तिमीलाई निकै राम्रो व्यवहार गरिरहेका छौं, तिमीलाई ठूलो कम्पनी बनाउन सहयोग गरिरहेका छौं। तर म सुन्छु कि तिमी भारतमा कारखाना खोल्दैछौ। म यो चाहन्न।”

advertisement

भारत र अमेरिकाबीच भन्सार शुल्कसम्बन्धी विवाद भइरहेका बेला ट्रम्पले यस्तो धारणा व्यक्त गरेका हुन्। हालै एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता विस्तार गर्ने योजना बनाएको समाचार सार्वजनिक भएको थियो।

ट्रम्पले भारतलाई विश्वका उच्च भन्सार शुल्क लगाउने मुलुकहरूमध्ये एक भएको उल्लेख गर्दै भने, “तिमी भारतलाई सहयोग गर्न चाहन्छौ, तर त्यहाँ सामान बेच्न सजिलो छैन।” उनका अनुसार भारतले अमेरिकी सामानमा भन्सार शुल्क नलगाउने वाचा गरेको भए तापनि व्यवहारमा चुनौती रहेको छ।

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले थपे, “हामीले वर्षौंसम्म चीनमा बनाइएका एप्पल उत्पादनहरू सह्य गर्‍यौं, तर अब हामी चाहन्छौं कि ती उत्पादनहरू अमेरिका भित्रै बनून्। भारतीयहरू राम्रो काम गरिरहेका छन्, तर हामी चाहन्छौं कि आईफोन अमेरिकामै उत्पादन होस्।”

उनको भनाइमा, अमेरिकाले घरेलु उत्पादनलाई प्राथमिकता दिनुपर्ने र भारत जस्ता मुलुकहरूले आफ्नै फाइदाको ख्याल गर्न दिनु उचित हुने स्पष्ट सन्देश दिएको छ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com