काठमाडौं । काठमाडौंको बनस्थलीस्थित चार्जिङ सेन्टरबाट हराएको माइक्रोबस चोरी भएको खुलेको छ । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका–१ स्थायी ठेगाना भई हाल काठमाडौंको बनस्थलीमा बसोबास गर्दै आएका १९ वर्षीय सुदीप थापा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा प्रहरीले धादिङबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराका अनुसार गत चैत २९ गते साँझ साढे ४ बजेतिर बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखिएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको माइक्रोबस चोरी भएको थियो ।
चोरीको आरोपमा पक्राउ परेका थापाविरुद्ध अदालतबाट ४ दिनको म्याद लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया