काठमाडौं । केही वर्षअघि भारतमा हत्या गरिएकी भनिएकी नेपाली मोडल अञ्जना लामासम्बन्धी समाचार फेरि भारतीय मिडियामा चर्चामा आएको छ। यस विषयमा विभिन्न भारतीय सञ्चारमाध्यमहरूले आ-आफ्नै ढंगमा रिपोर्ट प्रस्तुत गरिरहेका छन्।

दैनिक भाष्करले अञ्जना लामाको मृत्युसँग सम्बन्धित घटनालाई पुनः प्रकाशमा ल्याउँदै समाचार प्रकाशित गरेको छ। तर, उक्त समाचारमा नेपाली अभिनेत्री दीपाश्री निरौलाको एउटा तस्वीर प्रयोग गरिएपछि विवाद उत्पन्न भएको छ। ती तस्वीरमा दीपाश्रीलाई एक पुरुषसँग देखाइएको छ, र उनलाई अञ्जनाको जेठानीका रूपमा प्रस्तुत गरिएको छ।

advertisement

फोटोको बारेमा प्रतिक्रिया माग्दा दीपाश्रीले कडा असन्तुष्टि जनाउँदै उक्त तस्बिरलाई गलत सन्दर्भमा प्रयोग गरिएको बताइन्। “यो फोटोलाई झुटो तरिकाले प्रयोग गरेर भ्रम सिर्जना गरिएको छ। यसको मेरो कुनै पनि सरोकार छैन,” दीपाश्रीले स्पष्ट पारिन्, “यस्ता भ्रामक सामग्रीप्रति विश्वास नगर्न सबैलाई आग्रह गर्दछु।”

दीपाश्रीका निकट कलाकार तथा ‘छक्कापञ्जा’ फ्रेन्चाइजका निर्माता दीपकराज गिरीले पनि घटनाप्रति आपत्ति जनाएका छन्। उनका अनुसार सो तस्वीर ‘छक्कापञ्जा ३’को प्रचारप्रसारका क्रममा एक फ्यानसँग खिचिएको थियो, जुन अब भारतीय मिडियामा गलत आशयका साथ प्रयोग गरिएको छ।

दीपाश्री र दीपकराज दुवैले भ्रामक प्रचारप्रति आपत्ति जनाउँदै वास्तविकता बुझ्न र यस्ता झुटा विवरणमा नपर्न आम दर्शकलाई सचेत गराएका छन्।

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com