काठमाडौं ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ मा शुक्रबार आएको आँधीहुरीले रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार मृत्यु हुनेमा ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन्। उनीहरू दुवै जना सुनवल–७ का स्थायी बासिन्दा हुन्।

advertisement

प्रहरीका अनुसार शुक्रबार बेलुकी परेको पानी र हुरीबाट जोगिन उनीहरू एक प्रतिक्षालयमा आश्रय लिएका थिए। तर प्रतिक्षालयमाथि नै ठूलो रुख ढल्दा उनीहरू च्यापिएका थिए। घटनास्थलमै दुबै जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनामा नरमा परियार, दुर्गा खाम्चा र हालसम्म नाम नखुलेका एक व्यक्ति घाइते भएका छन्। घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थानीय प्रशासनले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com