काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानकी उपविदेशमन्त्री इकुइनो अकिकोबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा मन्त्री डा. राणाले सगरमाथा संवादमा सहभागी भएकोप्रति उपमन्त्री अकिकोलाई धन्यवाद ज्ञापन गरिन्।

त्यसैगरी, सिन्धुली–बर्दिवास सडकको पुनर्निर्माण तथा मर्मतकार्यका लागि सहयोग प्रदान गरेकोमा जापान सरकारप्रति आभार व्यक्त गर्दै उनले सो सहायताले नेपाल–जापान सम्बन्ध अझ प्रगाढ भएको उल्लेख गरिन्। अघिल्लो वर्षको अविरल वर्षाका कारण उक्त सडकमा ठूलो क्षति पुगेको थियो। नेपाल सरकारको अनुरोधमा जापान सरकारले उक्त सडक पुनःनिर्माणका लागि सहयोग उपलब्ध गराएको हो।

advertisement

भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आर्थिक सहकार्य तथा सामाजिक विकास लगायतका विविध विषयमा छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ। मन्त्री राणाले विगत लामो समयदेखि नेपालका विभिन्न क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगप्रति समेत कृतज्ञता प्रकट गरिन्।

उनले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा उठाइँदै आएको जलवायु न्यायको मुद्दामा जापानको ऐक्यबद्धता र सहयोग अपेक्षित रहेको धारणा पनि राखेकी थिइन्।

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com