काठमाडौं । अमेरिकाका दुई राज्यका केही भागमा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

अमेरिकी राज्य केन्टकीका अधिकारीहरूले आँधीका कारण १४ जनाको मृत्यु भएको बताएका छन् । मिसौरीमा सातजनाको मृत्यु भएको छ, तीमध्ये सेन्ट लुइस सहरका पाँचजना हुन् ।

advertisement

शनिबार बिहान दक्षिणपूर्वी केन्टकीको लरेल काउन्टीमा यो आँधी आएको थियो । अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

मिसौरीका अधिकारीहरूले शुक्रबार आएको आँधीले पाँच हजारभन्दा बढी भवनमा क्षति पुर्‍याएको बताएका छन् । घरका छाना उडेका छन् र विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

सेन्ट लुइसमा बिजुली कटौतीका कारण करिब एक लाख घरपरिवार प्रभावित भएका छन् । आँधीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा घर–घर गएर निरीक्षण भइरहेको अग्निनियन्त्रण विभागले जनाएको छ

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com