काठमाडौं । हाल देशभर देखिएको विद्युत आपूर्तिको अस्थिर अवस्थालाई लिएर सामाजिक सञ्जालमा फैलिरहेका लोडसेडिङसम्बन्धी दाबीहरू निराधार रहेको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ। आइतबार बिहान सार्वजनिक गरिएको विज्ञप्तिमा प्राधिकरणले सामाजिक सञ्जालको प्रभावलाई नियोजित रूपमा गलत सूचनामा परिणत गरी जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको बताएको छ।

प्राधिकरणले विज्ञप्तिमा उल्लेख गर्दै भनेको छ, “प्राविधिक समस्या समाधान प्राविधिक उपायबाटै गर्नुपर्छ। जनप्रतिनिधि तथा लोकप्रिय व्यक्तित्वहरू पनि विषय नबुझी टिप्पणीमा उत्रिनु चिन्ताजनक छ, जसले समस्या समाधानभन्दा उल्टै नकारात्मक प्रभाव पार्न सक्छ।”

advertisement

प्राधिकरणका अनुसार वर्तमान समस्याको मुख्य कारण भनेको विगतमा योजनाबद्ध ढंगले प्रसारण तथा वितरण प्रणालीको विकास नगर्नु हो। सस्तो लोकप्रियताका लागि स्वेच्छाचारी ढंगले विद्युत् संरचना विस्तार गर्दा प्रणाली कमजोर बन्यो, जसको असर अहिले देखिएको हो। विशेषतः हावाहुरी, भारी वर्षा र प्रि-मनसुन तथा मनसुनको समयमा प्रणालीमा अत्यधिक लाइन ट्रिपिङ हुने समस्या पुरानै रहेको प्राधिकरणले स्मरण गराएको छ।

“कुलमान घिसिङ नेतृत्वमा रहँदा पनि यही समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन गरिएको थियो,” प्राधिकरणको भनाइ छ, “तर ती समितिहरू प्रायः जनआक्रोश कम गर्न मात्र बनाइने गरिन्थ्यो, न रिपोर्ट दिन्थे, न कार्यान्वयन हुन्थ्यो।”

२०७९ साउन २६ मा तारा प्रधानको नेतृत्वमा गठन गरिएको पछिल्लो अध्ययन समितिले अहिलेसम्म कुनै प्रतिवेदन नपु¥याएको प्राधिकरणको भनाइ छ। प्राधिकरणले यस्तो अभ्यास समस्याको दीर्घकालीन समाधान नभई जनताको आक्रोश नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र भएको स्पष्ट पारेको छ।

हालको नेतृत्व दीर्घकालीन समाधानका लागि प्रतिबद्ध रहेको जनाउँदै प्राधिकरणले समस्या समाधानका उपायहरू लागू गर्न केही समय लाग्न सक्ने जनसमुदायलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com