एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक पप गायिका टेलर स्विफ्टप्रति आक्रोश व्यक्त गरेका छन् । हालै सामाजिक सञ्जालमा एक पोस्टमा उनले गायिकाको लोकप्रियता घट्दै गएको कुरा गरेका थिए । ट्रम्पले सार्वजनिक रूपमा टेलर स्विफ्टसँगको आफ्नो असन्तुष्टिको कारण पनि बताए ।

ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा ट्रुथ सोसलमा पोस्ट गर्दै लेखेका छन्, ‘जबदेखि मैले म टेलर स्विफ्टलाई घृणा गर्छु भने त्यति बेलादेखि उनी हट रहिनन् । के कसैले यो कुरामा ध्यान दिएको छ ?’ यो टिप्पणी ट्रम्प मध्य पूर्वमा विदेश भ्रमणमा रहेको समयमा आएको थियो । आफूमाथि ट्रम्पको यस्तो टिप्पणीपछि स्वीफ्टले केही पनि बोलेकी छैनन् ।
स्विफ्टले २०२४ को राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेकी थिइन् । चुनावको समयमा स्विफ्टले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार ह्यारिसलाई समर्थन गरेपछि यो विवादको विषय बनेको थियो ।

advertisement

त्यतिबेला, ट्रम्पले आफ्नो समर्थनलाई महत्वहीन भन्दै खारेज गरेका थिए । यसपछि उनले सामाजिक सञ्जालमा आफूले टेलर स्विफ्टलाई घृणा गर्ने बताए । उनले गायक ब्रुस स्प्रिंगस्टीनलाई पनि निशाना बनाएका थिए । स्प्रिंगस्टीनले पनि चुनावमा खुलेर ह्यारिसलाई समर्थन गरेका थिए ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com