काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरेका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एकल बहुमत ल्याउने काम कष्टपूर्ण भए पनि एमालेका लागि त्यो सम्भव भएको जिकिर गरे।

advertisement

‘हामीले मिसन ८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौं । यो असम्भव छैन । यो विल्कुलै सम्भव छ,’ एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीकहाँ छ । तर, हामीले धेरै सिट ल्यायौं भने कसैलाई बहुमत ल्याउन नसक्ने परिपाटीमा पनि सकिन्छ।’

‘समानुपातिक प्रणाली साधरणतया हङ पार्लियामेन्टमा हुन्छ । यसले कसैको बहुमत आउँदैन । तर, प्रणाली हामीले चुनिसकेको छौं। अहिले यो प्रणाली नै कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्ने छ । यो कष्टसाध्य छ, चुनौतीपूर्ण छ तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ । हामी एकल बहुमत ल्याउने तयारीमा जुटेका छौं ।’

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com