काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका रूपमा कांग्रेस निकट अर्थविद् विश्व पौडेललाई नियुक्त गर्ने सहमति सत्तारूढ दलहरूबीच भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको छलफलमा पौडेललाई गभर्नर बनाउने विषयमा सहमति जुटेको स्रोतले जनाएको छ।
यसअघि कांग्रेस र एमालेबीच गभर्नरको चयनलाई लिएर मतभेद देखिँदै आएको थियो। तर, अन्ततः दुबै पक्षले विश्व पौडेलको नाममा सहमति जनाएका हुन्।
सहमति जुटेसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ। त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर पौडेलको नियुक्तिबारे औपचारिक निर्णय गरिनेछ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया