काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन २०८४ सालको निर्वाचनसम्म निरन्तर कायम रहने विश्वास व्यक्त गरेका छन्।

बुधबार प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेको सरकारबारे चलाइएको ‘ढल्ने’ चर्चा निराधार भएको टिप्पणी गरे।

advertisement

उनले भने, “सत्ता गठबन्धनमा रहेका दलहरूबीच आपसी समझदारी कायम रहेसम्म सरकार टिकिरहन्छ। जबसम्म ठूला दलबीच सहमति हुन्छ, साना दलको प्रभावमा सरकार परिवर्तन हुँदैन।”

महासचिव पोखरेलले सरकार सञ्चालनमा एमाले र कांग्रेसको सहकार्यको उद्देश्य साना दलको अराजक हस्तक्षेप अन्त्य गर्नु रहेको उल्लेख गरे।

“ठूला दलमाथि साना दलले शासन गर्ने प्रवृत्तिको अन्त्य गर्न हामी मिलेर सरकार चलाइरहेका छौं,” पोखरेलले स्पष्ट पारे, “जबसम्म एमाले र कांग्रेसबीच असमझदारी हुँदैन, सरकार ढल्ने सम्भावना छैन।”

उनको दाबी अनुसार, गठबन्धनमा आन्तरिक टकराव नहुन्जेल सरकार स्थिर रहनेछ र त्यसले आगामी निर्वाचनसम्म निरन्तरता पाउनेछ।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com