काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले अहिले बजारमा फैलिएको लोडसेडिङको चर्चा सामाजिक सञ्जालको हल्ला मात्रै भएको स्पष्ट पारेका छन्।

बुधबार बसेको संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले लोडसेडिङ् हुने कुनै वास्तविक आधार नरहेको बताए। उनका अनुसार मर्मत सम्भारका कारण बेलाबेला विद्युत आपूर्ति रोकिए पनि त्यो लोडसेडिङ होइन।

advertisement

‘सस्तो लोकप्रियता कमाउने उद्देश्यले यस्तो हल्ला फैलाइएको हो,’ मन्त्री खड्काले बैठकमा भने, ‘मर्मत सम्भारबाहेक कुनै पनि कारणले लोडसेडिङ हुँदैन।’

उनले हरेक वर्ष हिउँदयाममा मागअनुसार आयात हुने र गर्मीयाममा विद्युत निर्यातसमेत हुने गरेको जानकारी दिए। ‘गत वर्ष पनि वर्षभरिमा ७ सय घन्टासम्म विद्युत आपूर्ति रोकिएको थियो,’ मन्त्री खड्काको भनाइ थियो।

उनका अनुसार यस वर्ष हिउँदमा १,००५ मेगावाट विद्युत आयात गरिएको थियो भने हाल १५० मेगावाट विद्युत निर्यात गरिएको छ।

‘हिजोसम्म साढे ३ सय मेगावाट आयात भइरहेको थियो, आज भने १५० मेगावाट निर्यात गरेका छौं,’ उनले भने, ‘हामीसँग पर्याप्त विद्युत् छ, लोडसेडिङ् भन्ने कुरा हल्लामात्र हो।’

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com