काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपाल राष्ट्र बैंकको गभर्नर कानूनविपरीत नियुक्ति गरिएको जिकिर गरेका छन् । बुधबार अर्थ समितिमा बोल्दै उनले विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको दाबी गरे ।

उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन नहुने व्यवस्था रहेको स्मरण गराए ।

advertisement

गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञानसमेत नभएको भन्दै शाहीले पौडेलको पढाइ कृषि विषयमा रहेको टिप्पणी गरे ।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com