काठमाडौं । नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिले जेठ ८ गतेदेखि सुरु गर्ने भनिएको धार्मिक तथा जनजागरण अभियान स्थगन गरेको छ। समितिका संयोजक सुवेदीले बुधबार एक विज्ञप्ति जारी गर्दै विशेष कारणले अभियान स्थगन गरिएको जानकारी दिएका छन्।

विज्ञप्तिमा उल्लेख गरिएको छ, “२०७८ साल जेठ ८ देखि ११ गतेसम्म काठमाडौं उपत्यकामा सञ्चालन गर्ने भनिएको धार्मिक र जनजागरण अभियान विशेष कारणवश हाललाई स्थगन गरिएको छ। यसबारेमा आगामी दिनमा अर्को सूचना प्रकाशित गरिनेछ।”

advertisement

समितिले जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागेको अभियानको तयारी अन्तिम चरणमा पुगेको बेला स्थगन गरिएको हो।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com