काठमाडौं — मुलुकभर राजसंस्था पुनःस्थापनाको मागले गति लिइरहेका बेला, सत्तारूढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले यसबारे आफ्नो पूर्वअडानमा लचकता देखाउन थालेको छ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक राजसंस्थाप्रति आफू पूर्वाग्रही नरहेको स्पष्ट पारेका छन्। उनले पूर्वराजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र वीरविक्रम शाहलाई संवैधानिक राजाका रूपमा मान्यता दिन सकिने संकेतसहित सन्देश पठाएको बुझिएको छ।

advertisement

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले अघि सारेको संवैधानिक राजतन्त्रको अवधारणालाई आधार मान्दै देउवाले यस्तो सन्देश दिएका हुन्। बीपीले लोकतान्त्रिक शक्तिहरू र राजसंस्थाबीचको सहकार्यले मात्र मुलुकको स्थायित्व र प्रजातन्त्र सुनिश्चित हुने बताएका थिए।

यसैबीच, आगामी जेठ १५ देखि सुरु हुने भनिएको निर्णायक आन्दोलनको घोषणा, एमाले र कांग्रेसबीच बढ्दो तनाव, ७७ वटै जिल्लामा राजसंस्थाको पक्षमा देखिएको जनसमर्थन र पूर्वराजा ज्ञानेन्द्रका सार्वजनिक अपिलबीच कांग्रेस नेतृत्वले आफ्नो धारणा पुनर्विचार गर्न थालेको देखिन्छ।

देउवाको सन्देश सार्वजनिक नहुँदै, कांग्रेसका अर्का वरिष्ठ नेता डा. शेखर कोइरालाले समेत धर्मनिरपेक्षता र गणतन्त्रबारे जनमतसङ्ग्रहमा जानुपर्ने प्रस्ताव अघि सारेका छन्।

यी घटनाक्रमहरूले नेपाली कांग्रेसको परम्परागत गणतन्त्रवादी धारणा केही लचिलो बन्दै गएको संकेत देखिएको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com