काठमाडौं  । एसोशियट राष्ट्र यूएईले टी–२० क्रिकेटमा बंगलादेशविरुद्ध ऐतिहासीक किर्तिमान बनाएको छ । गएराति सम्पन्न टी–२० सिरिजको तेस्रे खेलमा टेस्ट राष्ट्र बंगलादेशलाई ७ विकेटले स्तब्ध पार्दै यूएईले सिरिज २–१ ले जितेको हो ।

यूएईले पहिलोपटक टेस्ट टिमलाई हराउँदै सिरिज जितेको हो । तेस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको १ सय ६३ रनको लक्ष्य यूएईले १९ दशमलव १ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

advertisement

उसका लागि अलिसान सराफुले ४७ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ६८ रन बनाए । यस्तै, आसिफ अलिले अविजित ४१, मोहम्मद जोहेबले २९ तथा राहुल चोपराले १३ रन जोडे । त्यसअघि सारजाह क्रिकेट स्टेडियममा बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

सिरिजको पहिलो खेलमा २७ रनले पराजित यूएईले दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले हराएको थियो ।

 

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com