काठमाडौं । यार्सागुम्बा संकलनका क्रममा डोल्पामा एक जनाको मृत्यु भएको छ । जुम्लाको गुठिचौर गाउँपालिका १ का ३५ वर्षीय भिमबहादुर बोहोराको डोल्पा पाटनमा लेक लागेर मृत्यु भएको हो ।
राप्रपा जुम्लाका सांसद ज्ञानेन्द्र शाहिले सामाजिक सञ्जाल फेसबुकमार्फत बोहोराको मृत्यु भएको जनाएका छन् । हरेक वर्ष यार्सा संकलनका लागि विभिन्न उच्च हिमाली पाटनहरुमा जाने गरिएको छ । सो क्रममा लेक लागेर कतिपयले ज्यान गुमाउने गरेका छन् ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया