काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको हो ।

advertisement

जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । बुधवार पनि छापावाल सुन अघिल्लो दिनको तुलनामा ५ हजार रुपैयाँ बढेको थियो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com