काठमाडौं ।  भारतको उत्तर प्रदेशसहित विभिन्न राज्यमा बुधबार साँझ आएको भीषण आँधीहुरीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।
बीबीसीका संवाददाता सैयद मोजिज इमामका अनुसार उत्तर प्रदेशमा मात्रै कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भारतको मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि सतर्कता (अलर्ट) जारी गरेको छ। सम्भावित थप जोखिमका कारण जनतालाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा एक पोस्ट गर्दै राहत तथा उद्धार कार्य छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको जानकारी गराएको छ।

आँधीको प्रभाव उत्तर प्रदेश मात्रै होइन, दिल्लीका विभिन्न क्षेत्रहरूमा पनि देखिएको छ। राजधानी दिल्लीमा विभिन्न स्थानमा रुख ढल्दा गाडीहरूमा क्षति पुगेको, यातायात अबरुद्ध भएको र मेट्रो सेवासमेत प्रभावित भएको छ।

आँधीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com