काठमाडौं।  ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानप्रति असन्तुष्टि जनाउँदै संघीय सरकारका सचिवहरूले बिहीबार सभामुख देवराज घिमिरेलाई भेटेका छन्।

मुख्यसचिवको नेतृत्वमा सचिवहरू सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर आफ्नो चिन्ता व्यक्त गरेका हुन्। उनीहरूले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेट्ने तयारी गरेका छन्।

advertisement

राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित निजामती सेवा विधेयकमा अवकाशपछिको राजनीतिक नियुक्तिका लागि दुई वर्षको ‘कुलिङ पिरियड’ को व्यवस्था गरिएको छ। तर, सचिवहरूले निजामती कर्मचारीलाई मात्र लक्षित गरी यस्तो प्रावधान राख्नु उचित नभएको तर्क गरेका छन्।

उनीहरूको भनाइमा, यदि ‘कुलिङ पिरियड’को व्यवस्था गर्नु नै छ भने त्यो सबै संवैधानिक निकायका पदाधिकारी, न्याय क्षेत्र र अन्य उच्च तहका नियुक्तिमा पनि समान रूपमा लागू गर्नुपर्छ।

सचिवहरूले न्यायोचितता र समान व्यवहारको आधारमा ‘कुलिङ पिरियड’ समावेश गरिए आफूहरूलाई कुनै आपत्ति नहुने स्पष्ट पारेका छन्।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com