काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीद्वारा दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहनेछ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा गत मंगलबारदेखि दुवै रिटमा सुनुवाइ भइरहेको छ।
बिहीबारको सुनुवाइमा रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए। त्यसपछिका चरणमा पूर्व डिआइजी जोशीका तर्फबाट कानुनी प्रतिवादीहरूले आफ्नो पक्ष राखेका थिए।
सरकारी पक्षबाट बिहीबार गोविन्द खनाल, लोकराज पराजुलीलगायतका सरकारी वकिलहरूले बहस प्रस्तुत गरेका थिए। सरकारी पक्षको बहस सम्पन्न भइसकेकाले आजको सुनुवाइमा पीडित पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।
त्यसपछि दुवै पक्षको जवाफी बहस हुने कार्यतालिका तय गरिएको छ।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया