काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसा सम्बन्धी अनियमितता र मानव तस्करीको आरोपसहित गृहमन्त्री रमेश लेखकसहित उच्च पदस्थ सरकारी अधिकारीहरूविरुद्ध गम्भीर उजुरी दर्ता गरिएको छ।

शुक्रबार युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गराउँदै भिजिट भिसाको नाममा व्यापक आर्थिक चलखेल र गैरकानुनी काम भएको दाबी गरेका हुन्। उजुरीमा अध्यागमन कार्यालयले नक्कली कागजातको आधारमा भिजिट भिसा जारी गर्ने र त्यसवापत यात्रुहरूबाट ठूलो रकम असुल्ने गरिएको उल्लेख छ।

advertisement

उजुरी अनुसार खाडी मुलुकतर्फ जान चाहने व्यक्तिहरूसँग प्रति व्यक्ति ५० हजार रुपैयाँ र विकसित मुलुकतर्फ जान चाहनेहरूसँग ३ लाख रुपैयाँसम्म लिने गरिएको छ। यस किसिमको अवैध असुलीबाट दिनहुँ करोडौं रुपैयाँ संकलन हुने र सो रकम गृहमन्त्री लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, अध्यागमन प्रमुख तीर्थराज भट्टराई, अधिकृतहरू खगेन्द्र सुवेदी, बालकृष्ण पौडेल र विमल पौडेल लगायतबीच बाँडफाँट हुने गरिएको दाबी सफलले गरेका छन्।

यस विषयमा हालसम्म सम्बन्धित पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर उजुरीले राज्य संयन्त्रमा उच्च तहसम्मको संलग्नता देखाएको भन्दै यसको निष्पक्ष अनुसन्धानको माग गरिएको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com