काठमाडौँ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा आपत्तिजनक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि पाँचवटा मुद्दामा अभियोजन गर्नुपर्ने सुझाव प्रहरीले दिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले बिहीबार अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालयमा राय बुझाउँदै प्रसाईंविरुद्ध ‘राज्यविरुद्धको कसुर’, ‘आपराधिक उपद्रव’, ‘ज्यानसम्बन्धी कसुर’, ‘ज्यान मार्ने उद्योग’ र ‘संगठित अपराध’ शीर्षकमा मुद्दा दायर गर्नुपर्ने जनाएको हो।

advertisement

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराविरुद्ध भने ‘राज्यविरुद्धको कसुर’, ‘आपराधिक उपद्रव’ र ‘संगठित अपराध’ अन्तर्गत कारबाही अघि बढाउनुपर्ने सुझाव दिइएको छ।

जिल्ला प्रहरी परिसरका प्रमुख एसपी अपिल बोहराका अनुसार, अनुसन्धानपछि तयार पारिएको प्रतिवेदनमा कुल १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिइएको छ। तीमध्ये १८ जना फरार रहेका छन् भने बाँकी ९० जना पक्राउ परेका वा हाजिर जमानीमा रिहा भएका छन्। यिनीहरूलाई प्रतिवादीका रूपमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com