पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको दाबी गरेका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिको अनुभव र समझ नपाएका व्यक्तिहरूले नेतृत्व सम्हाल्दा देशमा अस्थिरता आएको जिकिर गरे। त्यसैले स्थायित्व र सुशासनका लागि एमाले र कांग्रेसबीच सहमति गरी संयुक्त सरकार गठन गरिएको उनले स्पष्ट पारे।

advertisement

प्रधानमन्त्री ओलीले भने, “सरकार ढल्यो भनेर चिच्याइरहेका केही तत्वहरूलाई म भन्न चाहन्छु — अबको १४ महिनापछि म स्वयं राजीनामा दिएर प्रधानमन्त्रीको जिम्मेवारी कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्नेछु। त्यसपछि हाम्रो संयुक्त सरकारको नेतृत्वमा नै आगामी निर्वाचन सम्पन्न हुनेछ।”

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com