काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेकी हुन्। उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय सर्वोच्च अदालतको प्रशासनले आइतबार लिने प्रवक्ता अच्युत कुइकेलले जानकारी दिएका छन्।

advertisement

गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत व्यक्तिहरू भिजिट भिसा प्रकरणमा संलग्न भएको भन्दै छानबिनको माग उठिरहेको बेला रिट दायर भएको हो। यस विषयमा सार्वजनिक चासो बढ्दै गएको र गृहमन्त्रीमाथि छानबिनको दवाब तीव्र हुँदै गएको सन्दर्भमा यो रिट पेश गरिएको हो।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com