काठमाडौं । संघीय राजधानी काठमाण्डौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि १५ दिन दिउँसो साढे ४ घण्टा बन्द हुँदैछ । सडक बन्द गरेर निर्माण कार्य गरिने भएको छ ।

काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा आजदेखि आउँदो २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।  यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो ।

advertisement

आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति दिइएको हो ।

निर्माण आयोजनाले प्राविधिक रुपमा निर्माण कार्य दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको बताइएको छ ।   सडकमा काम हुने समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com