काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको तिला गाउँपालिका–९ मा गएको असिनापानीका कारण धानबालीमा भएको क्षति पूर्ति गर्न संघीय र स्थानीय सरकारसँग अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शाहीले जानकारी दिए कि भारी हावाहुरीसँगै झण्डै आधा फिटसम्म परेको असिनाले बालीनालीमा व्यापक असर पुर्‍याएको छ।

उनले भनेका छन्, “माननीय गृहमन्त्रीज्यू, जुम्लाको तिला गाउँपालिका–९ मा गएको असिनापानीले खेतीपातीमा ठूलो क्षति पुर्‍याएको छ। यहाँका आमाबुवा र दाजुभाइले भोग्नु परिरहेको प्राकृतिक विपत्तिको क्षतिपूर्ति सुनिश्चित गरिदिन संघीय तथा स्थानीय सरकारसँग हार्दिक अपील गर्दछु।”

उनले आगामी कृषिहरुमा किसानलाई आर्थिक राहत र आवश्यक सहयोग प्रदान गरिनुपर्नेमा समेत जोड दिएका छन् ।

प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com