काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सच्चा अर्थमा त्याग र समर्पण भावले काम गर्ने व्यक्तिहरूको संख्या ‘नगण्य’ रहेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभामा सम्बोधन गर्दै सभापति देउवाले स्व. रेग्मी जस्ता समर्पित नेताहरू पार्टीमा विरलै पाइने उल्लेख गरे। स्व. रेग्मी नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति तथा पूर्वसांसद थिए।

advertisement

सभापति देउवाले भने, “खगेन्द्रराज रेग्मीजस्तो हृदयदेखि नै पार्टी र सिद्धान्तप्रति समर्पित व्यक्तित्व आजका दिनमा दुर्लभ छन्। यस्ता केही गिनेचुने मात्र साथीहरू अहिले पार्टीमा छन्। उहाँ वास्तवमै उदाहरणीय नेता हुनुहुन्थ्यो।”

रेग्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै देउवाले जीवनको अन्तिम समयसम्म भेट हुन नसकेकोमा दुःख व्यक्त गरे।

त्यसै अवसरमा देउवाले कांग्रेसका नेताहरूले मुलुक र जनताको हितका लागि गरेका योगदानहरूलाई प्रभावकारी ढंगले आम नागरिकसमक्ष प्रस्तुत गर्न आवश्यक रहेकोमा जोड दिए। साथै, स्वर्गीय नेताहरूले देखेका सपना र बाँकी रहेका कार्यभारहरू पूरा गर्न सबै नेता, कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने धारणा राखे।

“हाम्रा पुराना नेताहरूले पार्टीका लागि गरेका बलिदान र योगदान केवल सम्झनाका लागि होइन, त्यसलाई यथार्थमा परिणत गर्न हाम्रो कर्तव्य हो,” उनले भने।

प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com