काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशमा प्राविधिक त्रुटि देखिएपछि आज (आइतबार) त्यसलाई सच्याउनका लागि पुनः पेशी तोकिएको छ।

शुक्रबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गर्ने निर्णय सुनाएको थियो। तर लिखित आदेशमा ‘आदेश’ भन्ने ठाउँमा गल्तीले ‘फैसला’ शब्द प्रयोग भएको पाइएपछि त्यसलाई सच्याउने आवश्यक परेको हो।

advertisement

सर्वोच्च अदालतका उपरजेष्ठ रजिस्ट्रार तथा सहायक प्रवक्ता निराजन पाण्डेले आदेश हुनुपर्ने ठाउँमा निर्णय (फैसला) लेखिएको पुष्टि गर्दै त्यसलाई सच्याउन अदालत आफैँले पेशी तोकेको जानकारी दिए।

‘यो कुनै पक्षको निवेदनका आधारमा होइन, सर्वोच्च अदालतले आफैँ गल्ती सच्याउने प्रक्रिया अघि बढाएको हो,’ पाण्डेले भने।

त्रुटि सच्याउने आजको पेशी पनि न्यायाधीश ढकाल र सुबेदीको इजलासमै तोकिएको छ। अब सो इजलासबाट गल्ती सच्याउने निर्णय गरिनेछ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com