काठमाडौँ । तीनकुनेमा गत चैत १५ गते भएको घटनासँग सम्बन्धित दुर्गा प्रसाईसहित आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको छ। काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले पत्रकार सुरेश रजकको आगजनीबाट भएको मृत्युमा संलग्न ठहर गर्दै उनीहरूलाई प्रतिवादी बनाएको हो।

जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाका अनुसार, दोषी ठहर गर्दै उनीहरूलाई कडा सजायको मागसहित जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ। प्रतिवादी बनाइएकामध्ये हरिहर चौलागाईं, सरोज गौतम, सतीश न्यौपाने, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सन्तोष सिलवाल (राजावादी) र हेमराज थारु रहेका छन्।

यसैबीच, काठमाडौँ जिल्ला अदालतमा हालसम्म कुल ६१ जनाविरुद्ध अभियोगपत्र दर्ता गरिएको छ। साथै, घटनामा संलग्न रहेको ठहर गरिएका चार जना बालबालिकाविरुद्ध भने बाल अदालत, भक्तपुरमा छुट्टै अभियोगपत्र दायर गरिने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com