काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका लागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा पनि बालुवाटार पुगेका हुन्।

advertisement

छलफलमा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलको समेत सहभागिता रहेको छ। गृहमन्त्री लेखकमाथि भिजिट भिसासम्बन्धी उठेका आरोपबारे विशेष रुपमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com