काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज ४० वर्षमुनिका युवाहरूसँग विशेष अन्तरक्रिया गर्ने भएको छ।
‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन?—युवासँग राप्रपा’ शीर्षकमा आयोजना गरिएको यो कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह, काठमाडौंमा सुरु हुनेछ।
जेठ १५ गतेदेखि राजावादी आन्दोलनमा सक्रिय रूपमा जुट्ने घोषणा गरिसकेको राप्रपाले यस कार्यक्रममार्फत युवाहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना भावी एजेन्डामा राय–सुझाव संकलन गर्ने जनाएको छ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार कार्यक्रमको मुख्य उद्देश्य संवैधानिक राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, र वैदिक सनातन परम्परासहित हिन्दु राष्ट्र पुनःस्थापनाका विषयमा युवाहरूको विचार सुन्नु हो।
पार्टीले यो कार्यक्रमलाई नीति निर्माणमा युवा पुस्ताको सहभागिता सुनिश्चित गर्ने अवसरको रूपमा लिएको जनाएको छ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया