काठमाडौँ । साउदी अरबको पेट्रोलियम उत्पादन र प्रशोधन गर्ने कम्पनी साउदी आरम्को आयोजनामा काम गर्ने ४६९ जना नेपाली श्रमिकले तलबबापतको करिब १४ करोड ६१ लाख रुपैयाँ ९४० लाख ४ हजार रियाल पाएका छैनन् । उनीहरू सेन्दान इन्टरनेसनल कम्पनी भिसा स्पोन्सर मार्फत साउदी आरम्कोको आयोजनामा काम गर्दै आएका थिए । रियादस्थित नेपाली दूतावासले ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ मार्फत उपलब्ध गराइदिन साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।
साउदीको मानव संसाधन मन्त्रालयले कम्पनी टाट पल्टिए वा ६ महिनासम्म लगातार तलब नपाएका श्रमिकलाई ‘आप्रवासी श्रमिकको तलब बिमा सेवा’ बाट तलब भुक्तानी गर्ने कार्यविधि जारी गरेको छ । कार्यविधिमा रोजगारदाता टाट पल्टिनुभन्दा ६ महिनाअघिसम्म तलब नपाएबापत प्रतिश्रमिक १७ हजार ५ सय रियाल ९करिब ६ लाख २१ हजार रुपैयाँ० र घरफिर्ती टिकटबापत एक हजार रियालसम्म दिनुपर्ने व्यवस्था छ । त्यसलाई नै आधार बनाएर दूतावासले नेपाली श्रमिकको बक्यौता तलब साउदी सरकारसँग दाबी गरेको हो ।
नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीले बिमाबाट श्रमिकको बाँकी तलब पाउनेमा आशावादी भएको बताए । ‘श्रमिकको बाँकी तलब दिलाउन साउदीको संकट विभागसँग नियमित छलफलमा छौं । छलफलले श्रमिक बिमाबाट तलब उपलब्ध हुनेमा सकारात्मक छौं,’ उप्रेतीले कान्तिपुरसँग भने । नेपाली श्रमिकले गत वर्षको अगस्टबाट नै नियमित तलब पाउन छाडेका थिए । तलब नपाउने र घर फिर्न नपाएपछि उनीहरू गत मार्चदेखि काम बन्द गरेर साउदीको पूर्वी क्षेत्रस्थित कम्पनीले उपलब्ध गराएको क्याम्पमा बस्दै आएका छन् ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया