काठमाडौं

 भिजिट भिसाको दुरुपयोगबारे चर्को बहस चलिरहेका बेला नेपाली कांग्रेसले आफ्ना गृहमन्त्रीको पक्षमा बलियो अडान लिएको छ। यसले आगामी दिनमा यस प्रकरणको छानबिन र राजनीतिक परिवेशमा थप प्रभाव पार्ने देखिन्छ।

advertisement

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो, “जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ यस प्रकरणमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ। जो वास्तवमा संलग्न छन्, उनीहरूलाई कारबाही हुनुपर्छ।” उहाँले गृहमन्त्री लेखकलाई जबरजस्ती यस विवादमा जोडेर अफवाह फैलाउने काम भइरहेको समेत बताउनुभयो।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com