काठमाडौं। भिजिट भिसाको दुरुपयोगबारे चर्को बहस चलिरहेका बेला नेपाली कांग्रेसले आफ्ना गृहमन्त्रीको पक्षमा बलियो अडान लिएको छ। यसले आगामी दिनमा यस प्रकरणको छानबिन र राजनीतिक परिवेशमा थप प्रभाव पार्ने देखिन्छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, “जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ यस प्रकरणमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ। जो वास्तवमा संलग्न छन्, उनीहरूलाई कारबाही हुनुपर्छ।” उनले गृहमन्त्री लेखकलाई जबरजस्ती यस विवादमा जोडेर अफवाह फैलाउने काम भइरहेको समेत बताए।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया