काठमाडौं । भारतको छत्तीसगढ प्रहरीले छत्तीसगढको नारायणपुर जिल्ला प्रहरी मुख्यालयबाट करिब २ किलोमिटर टाढा आश्रम रोड नजिकैको सानो जंगलमा भारतीय माओवादी महासचिव नम्बाल्ला केशव राव उर्फ बसवराजुको शव दाहसंस्कार गरेको छ।

बस्तर रेन्जका प्रहरी महानिरीक्षक सुन्दरराज पीले सीपीआई माओवादी का महासचिव बसवराजुको शवसहित ७ नक्सलवादीको शवका विषयमा अहिलेसम्म कुनै स्पष्ट कानुनी दाबी नगरिएपछि कार्यकारी मजिस्ट्रेटको आदेशअनुसार उनीहरूको अन्तिम संस्कार गरिएको बताएका छन्।

advertisement

छत्तीसगढ प्रहरीका अनुसार मे २१ मा नारायणपुरको अबुझमदमा भएको मुठभेडमा केशव रावसहित २६ माओवादी मारिएका थिए।

बसबराजुका दाइ राम प्रसाद रावले सोमबार दिउँसो नारायणपुर प्रहरी चौकीमा बोलाएर शवको अवस्थाबारे जानकारी गराई नारायणपुरमै अन्तिम संस्कार गर्न भनिएको बताएका छन्।

उनले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्रहरीले हामीलाई प्रहरी चौकीमा बोलाएर मेरो भाइको शव कुहिन थालेको र अस्पतालबाट मेरो गाउँ लैजानु जोखिमपूर्ण हुने बताएको थियो। उनीहरूले रोग फैलिने डर व्यक्त गर्दै नारायणपुरमै अन्तिम संस्कार गर्नुपर्ने बताए। तर हामी यसमा सहमत भएनौँ।’

यसैबीच भारतीय कम्युनिस्ट पार्टी माओवादीले विज्ञप्ति जारी गरी आत्मसमर्पण गरेका नेता कार्यकर्ताका कारण आफ्ना महासचिव बसवराजु मारिएको बताएको छ।

 

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com