काठमाडौं । भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि मंगलबारको प्रतिनिधिसभा बैठक आधा घण्टालाई स्थगित भए पनि अझै सुरु हुन सकेको छैन ।

प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै जोरदार नाराबाजी गरेका थिए। उनीहरूले भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरी गृहमन्त्रीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग राखेका छन्।

advertisement

गृहमन्त्रीको राजीनामा नभएसम्म संसद् सञ्चालन हुन नदिने अडानमा रहेका विपक्षी सांसदहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले सुरुमा बैठक आधा घण्टाका लागि स्थगित गरे पनि पछिपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

सत्तारूढ पक्षका सांसदहरूले भने गृहमन्त्री आफूमाथि लागेको आरोपको जवाफ दिन तयार भएकाले उनलाई बोल्न दिने वातावरण बनाउन आग्रह गरेका थिए। तर विपक्षी दलहरूको कडा विरोधका कारण बैठक अघि बढ्न सकेन।

सभामुख हाल दलहरूबीच सहमति जुटाउन आन्तरिक छलफलमा रहेका छन्।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com