काठमाडौं । मङ्गलबार बिहान साढे ११ बजे बसेको प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको नाराबाजीका कारण स्थगित गरिएको छ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विरोध गरेपछि प्रारम्भमा बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो। तर, पछि सूचना टाँस्दै बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।
विपक्षी दलहरूले घटनामा उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म सदन चल्न नदिने अडान लिएका छन्। बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संसद् बैठकमा बोलेका थिए। उनीहरूले घटनाको गम्भीरता औंल्याउँदै उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया