काठमाडौं, मंगलबार — नेपाली सेयर बजारले आज पुनः सकारात्मक संकेत दिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५३ अंकले वृद्धि भई २६७७.३० बिन्दुमा पुगेको छ। बजारमा कुल ३१८ कम्पनीका १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम ६ अर्ब ५२ करोड रुपैयाँ नाघेको छ।

लगातारको उकालो यात्रामा रहेको ओम मेघाश्री आज पनि सर्किट हानेको छ। यससँगै अन्य चार कम्पनीले समेत सकारात्मक सर्किट हिट गर्दै लगानीकर्तालाई उत्साहित बनाएका छन्।

advertisement

यता, दिनभरको कारोबारमा गुँरास लघुवित्त सबैभन्दा धेरै घाटामा पर्‍यो। कम्पनीको सेयर मूल्य ८.०१ अंकले घट्दै आजको सबैभन्दा ठूलो गिरावट दर्ज गरेको छ।

 

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com