काठमाडौँ — चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा आयोजित विरोध प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका धर्मगुरुका रुपमा चिनिने पुस्कर खतिवडाले आफूले केही ढुंगा हानेर प्रदर्शनस्थल छाडेको बयान दिएका छन्।

प्रहरीसमक्ष बयान दिने क्रममा खतिवडाले भने, “प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रतिक्रिया स्वरूप मैले २–३ वटा ढुंगा हानेको हुँ। त्यसपछि म त्यहाँबाट तुरुन्तै बाहिरिएँ।”

advertisement

खतिवडाले आफू कुनै राजनीतिक दलसँग आवद्ध नरहेको र हिन्दू राष्ट्रको पक्षमा स्वतन्त्र नागरिकको हैसियतले आन्दोलनमा सहभागी भएको बताएका छन्।

“मैले केही ढुंगा प्रहार गरेको हो, तर आगजनी वा अन्य तोडफोडमा भने संलग्न भएको छैन,” उनले थप प्रष्ट्याएका छन्।

 

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com