पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पाँचौं महाधिवेशनमा क्षितिज थेवेको प्यानलले विजय हासिल गरेको छ।
महाधिवेशनको मतपरिणाम अनुसार अध्यक्ष पदमा थेवेले आफ्ना प्रतिस्पर्धी सुमन पुरीलाई १८८ मतले पछि पार्दै विजयी बनेका हुन्। थेवेले ७९७ मत प्राप्त गरे भने पुरीले ६०८ मत ल्याए।
महासचिव पदमा पनि थेवेको प्यानलका महेश चौलागाईं विजयी भए। उनले ७५५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धीले ६४९ मत पाए।
महाधिवेशनमा १,७६४ प्रतिनिधिहरूमध्ये १,४०४ जनाले मतदान गरेका थिए। यसअघि नेताहरूले क्षितिज थेवेको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए। तर, सुमन पुरीले आपत्ति जनाउँदै निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिएपछि मतदान प्रक्रिया अघि बढाइएको हो।
महाधिवेशनमा पदाधिकारी र सदस्य पदका लागि गरी ३९९ जनाले उम्मेदवारी दिएका थिए। कुल १६३ पदमा निर्वाचन भएको छ, जसमा ९ जना पदाधिकारी र १५१ केन्द्रीय समिति सदस्य छन्। साथै, संघका ४ विभागमा अध्यक्ष, उपाध्यक्ष, सचिव पदहरूका लागि पनि निर्वाचन सम्पन्न भएको छ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया