काठमाडौं । गृहमन्त्रीको राजीनाको माग गर्दै संसद अवरुद्ध भएपछि प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस आपसी छलफलमा जुटेका छन्।

विपक्षीको लगातार दबाबपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

advertisement

भिजिट भिसा प्रकरणमा मन्त्री स्तरमै राजीनाको माग उठेपछि उत्पन्न राजनीतिक जटिलता समाधान गर्न देउवा र लेखक छलफलका लागि बालुवाटार पुगेका हुन्।

हिजो विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनाबिना संसद चल्न नदिने कडा अडान लिएका थिए।

सरकार भोलि आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यतामा रहेको हुँदा, संसद कसरी सञ्चालन गर्ने भन्ने विषयमा अहिलेको छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ।

आज बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com