काठमाडौँ ।  गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहले स्वयं गणतन्त्रविरोधी गतिविधिहरूको नेतृत्व गरिरहेको आरोप लगाएको छ। पार्टी अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा बुधबार जारी विज्ञप्तिमा राजावादी शक्तिहरू संगठित रूपमा गणतन्त्र समाप्त पार्न षड्यन्त्रमा लागेको दाबी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “गणतन्त्र स्थापनाको दिनदेखि नै राजावादीहरूले यसलाई उल्ट्याउने प्रयास गर्दै आएका छन्। हालै पूर्वराजा शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीसँगको भेट र हिन्दुवादी नेताहरूको तस्बिर सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्नु भारतका कट्टर हिन्दुवादी समूहको पनि समर्थन रहेको प्रमाण हो।”

advertisement

जनमोर्चाले गणतन्त्र नेपाली जनताको एक सय वर्षभन्दा बढीको बलिदान र संघर्षको फल भएको उल्लेख गर्दै त्यसलाई समाप्त पार्ने सबै प्रयासलाई प्रतिगमनको संज्ञा दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “गणतन्त्रले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गर्ने उद्देश्य राखेको छ, जुन राजतन्त्रको निरंकुश चरित्रको ठ्याक्कै विपरीत हो।”

हिन्दुवादको नाममा जात, धर्म र समुदायबीच द्वेष फैलाउने कामले नेपाली समाजमा विखण्डन ल्याउने खतरा रहेको चेतावनी पनि जनमोर्चाले दिएको छ।

राजावादी समूहले यही जेठ १५ गतेबाट आन्दोलन गर्ने घोषणा गरिरहेकै बेला जनमोर्चाले यस्तो धारणा सार्वजनिक गरेको हो।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com