काठमाडौं । भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

उनी निकट स्रोतका अनुसार प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी छ । तर विपक्षीहरुको अवरोध हटे संसद् बैठक मार्फत् आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ ।

advertisement

गृहमन्त्री लेखकले संसद्‌मा बोल्न समय लिएका छन् । तर विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन् । ‘सकेसम्म संसद् अवरोध हटाएर त्यही सम्बोधन गर्ने तयारी छ’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘अवरोध नहटे पत्रकार सम्मेलन हुन्छ ।’

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com