काठमाडौँ ।  गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका १० जनालाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

बुधबार थुनछेक बहसपछि न्यायाधीश पदमराज पाण्डेले उनीहरूलाई विभिन्न धरौटी रकममा रिहा गर्न आदेश दिएका हुन्।

advertisement

अदालतले श्रवण कुमार लामा र समिर मगरलाई जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। त्यस्तै, रविरन्जन कुमार सिंह, आशिक कुमार महतो र प्रेम कुमार महतोलाई जनही ३५ हजार धरौटीमा छुटाइएको छ। गोविन्दा राय, सुशिला कुमाल र राधेश्याम यादवलाई जनही २० हजार धरौटीमा छाड्न आदेश गरिएको छ।

एलिसा राई (लक्ष्मी) र दिनेश महतोलाई जनही १० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।

उक्त प्रकरणमा अभियोजन गरिएको ११ जनामध्ये सिन्धुपाल्चोककी निर्मला कार्की भने फरार रहेकी छन्।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com