काठमाडौं । गृहमन्त्री रमेश लेखकले आज एक पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, वन तथा वातावरणमन्त्री र आफ्नै पार्टीका प्रमुख सचेतकलाई साथमा राखेर पत्रकार सम्मेलन गरेका छन् ।
गृहमन्त्री लेखकले आफूमाथि उठाइएका विभिन्न आरोप र प्रश्नहरूको जवाफ संसद्मै दिन चाहेका थिए। तर, संसद् अवरुद्ध रहेकाले त्यस अवसर नपाएको भन्दै उनले पत्रकार सम्मेलनको माध्यमबाट आफ्ना पक्ष स्पष्ट पार्ने प्रयास गरेका छन् ।
उनले भने, “सदन चल्न सकेको छैन, त्यसैले मैले पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्ने निर्णय गरेको हुँ।”
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया