काठमाडौं । आज जेठ १५ गते, गणतन्त्र दिवसका दिन सत्तारुढ नेकपा एमाले र राजावादी समूहले एकै स्थान रत्नपार्कमा प्रदर्शन गर्दै छन्।

तर एमालेले कार्यक्रम गरिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लगायत राजावादी समूहले प्रदर्शन गर्ने सहमति भएको छ।

advertisement

जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीले सोही स्थानमा कार्यक्रम गर्ने सहमति गराएको हो।

राप्रपा र ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दिउँसो २ बजेपछि शान्तिवाटिकामा कार्यक्रम गर्ने भएका हुन्।

कुनै अप्रिय घटना नहोस् भनेर आज नेपाल प्रहरीले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ।

 

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com