काठमाडौं । काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ ।

दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो । उकालोमा ब्रेक नलागेर बस ब्याक भएको र नालीमा खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

advertisement

 

बस नालीमा खस्दा दुई जना यात्रुलाई सिसाले काटेर सामान्य घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।

बसलाई हटाउन क्रेन पठाइएको छ । त्यसैले बाटो खुलेर सामान्य अवस्थामा फर्किन अझै केही घण्टा लाग्नसक्ने अनुमान छ ।

 

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com