काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबारदेखि सुरु हुन लागेको व्यवस्थाविरुद्धको जनआन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो आह्वान गरेका हुन् ।

उनले व्यवस्थाविरुद्धको आन्दोलन राप्रपाको मात्र नभई देशवासीको भएको उल्लेख गर्दै सहयोग र समर्थन गर्न गर्न आह्वान गरे । जनताको वर्तमान अवस्थामा परिवर्तन गर्न लागि व्यवस्था परिवर्तन अनिवार्य रहेको जिकिर गरे ।

advertisement

“आज पार्टीको स्थापना दिवस हो । आजबाट जनआन्दोलन प्रारम्भ पनि भएको छ । वर्तमान अवस्थामा परिवर्तन गर्नको लागि व्यवस्थामा परिवर्तन अनिवार्य छ । यो आन्दोलन कुनै एउटा पार्टीको मात्र आन्दोलन होइन । सम्पूर्ण देशवासीको हो । नेपालका लागि नेपाली जनताले गर्ने पहिलो आन्दोलन समेत हो । त्यसकारण यो साझा आन्दोलनमा सहयोग र समर्थन गर्नको लागि हार्दिक अपिल गर्दछु,” उनले भने ।

राजावादी समूहले बिहीबार काठमाडौंको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्दै छ । वर्तमान व्यवस्थाको विरोधमा राजावादीले संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आन्दोलन तय भएको हो ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com